बर्दिया । बर्दियामा बाघको आक्रमणमा परि मधुवननगरपालिका –३ कि २९ बर्षिया रेनुका सुनार मृत्यु भएको छ । उनलाई जंगलमा घाँस काट्न जाँदै गर्दा बाघले आक्रमण गरेको हो । साथीहरुसँग जंगलमा घाँस काट्न गएकी सुनारलाई बाघ आक्रमण गरेको थियो । बाघको आक्रमणबाटको खबर पाउनसाथ उद्धारमा खटिएको प्रहरी टोलीले नेपालभारतको सिमा क्षेत्रमा उनको शव फेला पारेको छ…