४ पुस २०८२, शुक्रबार | December 20, 2025

नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा २८ नेपाली अलपत्र (सूचीसहित)

काठमाडौ । संयुक्त अरब इमिरेट्स (युएई)बाट नयाँ दिल्ली हुँदै काठमाडौं आउनुपर्ने २८ नेपाली नयाँ दिल्ली अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका छ्न । एयर इन्डियाबाट काठमाडौं आइपुग्नुपर्ने नेपाली दिल्लीमा अलपत्र परेका हुन् । उनीहरुले कोरोना भाइरसको संक्रमण भए नभएको टेष्ट गर्ने भन्दै आफूहरुलाई रोकिएको गुनासो गरेका छन् । नेपाली नागरिकले आफूहरुको जहाज छुटेको बताएका छन् ।