नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ कोरियनपुरमा मध्यराति एक अज्ञात महिलाको जलेको अवस्थामा शव फेला परेको छ । घटनास्थलको अवस्थाका आधारमा महिलालाई जिउँदै आगो लगाइएको स्थानीयबासीले आशंका गरेका छन् । नेपालगन्ज –१२ कोरियनपुरस्थित भेरी प्राविधिक शिक्षालय नजिक गएराति करिब १२ बजेको समयमा करिब २५–३० वर्षीया युवती आगोले जलेर अवस्थामा फेला परेको बाँके प्रहरी प्रवक्ता…