बुटवल । रुपन्देहीको देवदहमा रहेको देवदह प्रेस क्लबले यही मंसिर १५ गतेदेखि प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । ‘स्वास्थ्य र स्वस्थ पत्रकारिताका लागि खेलकुद’-भन्ने मूल नाराका साथ विभिन्न सञ्चारगृह तथा पत्रकारसम्बद्ध संस्थाहरुका बीच मैत्रीपूर्ण ‘सेभेन-ए साइड’ फुटबल प्रतियोगिता हुने भएको हो । लुम्बिनी प्रदेशका विभिन्न मिडिया हाउसमा कार्यरत सञ्चारकर्मीहरु बीच…