बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ योगिकुटीस्थित देवस्थल मन्दिरमा शनिदेव तथा बजरंगी हनुमानजीको पूजा-प्रार्थनासहित प्राण प्रतिष्ठा कार्यक्रम सम्पन्न भएको छ । धार्मिक विधि-विधानका साथ सम्पन्न कार्यक्रममा मन्दिर स्थापना कालदेखिका अध्यक्षहरू, आध्यात्मिक गुरुहरू, समाजका प्रतिष्ठित व्यक्तिहरू तथा उल्लेख्य संख्यामा श्रद्धालु भक्तजनहरूको उपस्थिति रहेको थियो । मन्दिरको उद्घाटन बाल व्यास १००८ स्वामी विवेकानन्द सरस्वती महाराजको करकमलबाट गरिएको हो…