नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकामा साइबर अपराध न्यूनीकरण गर्न सचेतना अभियान सुरु गरिएको छ । उपमहानगरपालिका–१८ ले निजी क्षेत्रसँगको साझेदारीमा माध्यमिक विद्यालय तहमा अध्ययनरत विद्यार्थीमार्फत साइबर अपराध न्यूनीकरण अभियान सुरु गरिएको वडाध्यक्ष दिपककुमार वर्माले जानकारी दिए । “नेपालगञ्जका विभिन्न विद्यालय तथा कलेजमा अध्ययनरत विद्यार्थी र शिक्षकलाई लक्षित गरेर सचेतनामूलक कार्यक्रम सुरु गरिएको हो”, वडाध्यक्ष वर्माले भने…