बुटवल । श्री साई कृपा कृषि सहकारी संस्था लि.ले दुग्ध संकलन, प्रशोधन र विविधिकरणका उदेश्यले निर्माण गर्न लागेको भवनका लागि बुधबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नेपाल लाइभस्टक सेक्टर इनोभेसन परियोजना बुटवलको अनुदानमा बुटवल–१७, हरिहरपुरमा निर्माण हुन लागेको उक्त औद्योगिक भवनले समाजमा पार्ने असर र प्रभावको बारेमा स्थानीयहरुवीच सार्वजनिक सुनुवाई गरिएको हो ।…