काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ५९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संख्या कोरोनाको दोस्रो लहर सुरुभएपछिको सबैभन्दा कम हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार ढिलोगरी सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार १२ हजार ४०४ जनामा गरिएको परीक्षणमा ५९६ जनामा संक्रमण पुष्टि भएको हो । यसमध्ये ९ हजार २३७ पीसीआर परीक्षण गर्दा…