काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पार्टीका उपमहासचिव घनश्याम भुसालको ३ बुँदे फरक मतका बीच तीनवटा प्रतिवेदनहरुलाई पारित गरेको छ । शुक्रबारदेखि जारी बैठकको अन्तिम दिन आइतबार स्थायी कमिटीबाट पारित भएर आएका अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्ताव पारित गरेको हो ।…