काठमाडौं । काठमाडौंको कपन बालुवाखानी चोकस्थित एक घरमा सोमबार राति आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । स्थानीय नारायण बहादुर बस्नेतको घरमा आगलागी हुँदा थप दुई दुईजना घाइते भएको प्रहरीले जनाएको छ । बस्नेतको चारतले घरको पहिलो तलामा डेरा गरी बस्ने नुवाकोट शिवपुरी गाउँपालिका-५ का कृष्ण बहादुर तामाङको कोठामा आगलागी हुँदा उनको जलेर मृत्यु…