नेपालगन्ज । कर्णाली प्रदेशको सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेललाई आज नेपालगन्जमा राखिने भएको छ । सुर्खेतमा पार्टी पुनर्गठनका लागि सुझाव संकलन भइरहेको स्थलबाट पक्राउ परेका उपाध्यक्ष पौडेललाई नेपालगन्ज हुँदै काठमाडौं लगिने बताइएपनि आज नेपालगन्जमा नै राख्न लागिएको प्रहरी स्रोतले उल्लेख गरेको छ । स्रोतका अनुसार पौडेललाई कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र…