काठमाडौं । अब निजामती कर्मचारीले १५–१५ दिनमा तलब भत्ता पाउने भएका छ । संघीय सरकार मातहतका निकायमा कार्यरत सबै राष्ट्रसेवक कर्मचारीहरूले अब हरेक १५–१५ दिनमा तलब तथा भत्ता पाउने भएका हुन् । उनीहरूले यो तलब अर्ध मासिक रूपमा पाउने छन्। महालेखा नियन्त्रक कार्यालयले एक परिपत्र जारी गर्दै अर्घमासिक रूपमा तलब भत्ता भुक्तानी गर्ने व्यवस्था मिलाउन…