काठमाडौं । कोभ्याक्सले कोरोना नियन्त्रणका लागि कोभिशिल्ड खोपको विकल्प दिन पत्राचार गरेसँंगै नेपालले कोभिशिल्डको विकल्पमा अन्य दुई कम्पनीका खोप सिफारिस गरेको छ । केही दिनअघि मात्र कोभ्याक्सले नेपाललाई कोभिशिल्डको विकल्पमा अन्य खोपको विकल्प दिन आग्रह गरेको थियो । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखा प्रमुख डा. झलक गौतमले नेपालले कोभिशिल्ड खोपको विकल्पमा कोभ्याक्सलाई…