स्याङ्जा । मंगलबार थप १६ जनामा संक्रमण पुष्टि भएपछि स्याङ्जाको जिल्ला प्रहरी कार्यालयमा कोरोना संक्रमित प्रहरी कर्मचारीको संख्या ३७ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले आज बेलुकी विज्ञप्ति निकालेर स्याङ्जामा २५ संक्रमित थपिएको जानकारी दिएको थियो । जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीले १६ जना प्रहरीमा कोरोना संक्रमण भएको पुष्टि गरेका…