कोहलपुर । बाँकेको कोहलपुरमा क्वारेन्टिन निर्माण गर्ने निर्णयको विरोधमा स्थानीयबासीले सडक बन्द गरेका छन् । कोहलपुर नगरपालिकाको कार्यपालिका बैठकले बुधबार नगरका तीन वटा विद्यालयमा क्वारेन्टिन निर्माण गर्ने निर्णय गरेको थियो । सोही निर्णयको विरोधमा बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर क्षेत्रका स्थानीयहरुले सडक बन्द गरेका हुन् । बुधबार साँझदेखि त्यहाँका स्थानीयहरुले क्याम्पस जाने सबैतिरका सडकमा बार लगाएर…