काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको नाम दुरुपयोग गर्दै सरकारी कर्मचारीलाई धम्क्याउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६, वीरेन्द्रचोकका २२ वर्षीय प्रकाश खड्कालाई शनिबार जेठ २० गते काठमाडौंको शंखमूलबाट नियन्त्रणमा लिइएको हो। उनी केही समयदेखि शंखमूल क्षेत्रमा बसोबास गर्दै आएका थिए। प्रहरीका अनुसार खड्काले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको…