बुटवल ११ मझगाँउको एक होटलबाट पक्राउ परेको जुवाडेहरुलाई प्रहरीले जुवा ऐन बमोजिम मुद्दा चलाउने भएको छ । बुटवलको मझगाँउ स्थित होटल होन्डामा सोमबार प्रहरीले छापामारी ६ लाख नगद सहित ६ जना जुवाडेहरुलाई नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता नायव प्रहरी उपरिक्षक खड्कबहादुर खत्रीले दिएको जानकारी अनुसार प्रहरीले सोमबार गरेको अप्रेशनमा पैसाको कारोबार…