काठमाडौं । देशभरिका मुटु तथा फोक्सो रोग विशेषज्ञको एकदिने राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । नेपाल राष्ट्रिय मुटु तथा फोक्सो रोग समाजको आयोजनामा सम्पन्न सो सम्मेलनमा देशभरका १६८ विशेषज्ञ चिकित्सकहरूको सहभागिता रहेको थियो । सम्मेलनमा मुटु तथा फोक्सो रोगसम्बन्धी विशेषज्ञहरूको अनुभव आदान–प्रदानसँगै नयाँ प्रविधिका बारेमा समेत विशेष छलफल गरिएको कार्यक्रम संयोजक एवं समाजका महासचिव डा…