सामान्य पान,गुटखाको व्यापारी थिए सुकलाल गुप्ता । उनले त्यही व्यवसायले तीन छोराहरुलाई महेन्द्र मा.बि मा पढाए । आधा व्यापार आधा स्कूल गर्दै सामान्य सात आठ कक्षासम्म पढाएर गुणन,भागसम्मको हिसाव राम्रोसंग गर्नसक्ने र देवनागरिक लिपी हिन्दी र नेपाली पढ्न,लेख्न सक्ने भएपछि उनीहरुको शैक्षिक गतिमा पूर्णविराम लाथ्यो । त्यसपछि अलिकति आर्थिक ऋण भार उठाएर सानो तिनो किराना…