सरकारले आजबाट मालपोत कार्यालयबाट प्राप्त गर्र्ने नक्सा, प्लट रजिष्टर, फिल्ड बुकलाई डिजिटल गरी सेवाग्राहीको व्यक्तिगत पहुँचमा दिएको छ । आजबाट जग्गधनीले आफ्नो जग्गाको नक्सा आफै प्रिन्ट गर्न सक्छन् । पहिलो चरणमा काठमाडौं उपत्यकाको ८ वटा मालपोत कार्यालयहरुबाट यस कामको सुरुवात भएको छ । न्यूज एजेन्सी नेपालले भूमि व्यवस्था, गरिवी निवारण तथा सहकारी मन्त्री डा. शिवमाया…