सुर्खेत । कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)को १२५औँ बोर्ड बैठकले प्रतियोगिता आगामी मंसिर १६ देखि २९ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो। शिक्षा तथा खेलकुद मन्त्रालयमा बसेको बोर्ड बैठकले प्रतियोगिताको मिति निर्धारण गरेको हो । प्रतियोगिताको मिति निश्चित भएसँगै कर्णालीमा राष्ट्रिय खेलकुद आयोजना गर्ने…