काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले पुनरागमन जित निकालेको छ । रियलको अल्फ्रेदो डी स्टेफानो रंगशालामा सम्पन्न खेलमा घरेलु टिमले पाहुना टिम एल्चेलाई २-१ गोलले हराएको हो । पहिलो हाफमा गोलरहित बराबरी भएपछि खेलको ६१ औं मिनेटमा गोल गर्दै एल्चेका डानी क्याल्वोले पाहुना टिमलाई अग्रता दिलाएका थिए…