१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

थप जटिल बन्दै कन्ट्याक्ट ट्रेसिङको काम



नवलपरासी । समुदायस्तरमा कोरोना फैलिएको पुष्टि भएपछि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा कन्ट्याक्ट ट्रेसिङको काम थप जटिल बन्दै गएको छ ।

स्वाब सङ्कलन गराएका अधिकांश व्यक्ति रिपोर्ट नआउँदासम्म होम आइसोलेसनमा नबसी हिँडडुल गर्ने गरेको पाइएकोले कन्ट्याक्ट ट्रेसिङको काम जटिल बन्दै गएको स्वास्थ्य कार्यालयले जनाएको छ । सम्भावित सङ्क्रमितले स्वाब सङ्कलन गराउने तर स्वाब सङ्कलन गराएपश्चात् होम आइसोलेसनमा नबस्ने गरेपछि कन्ट्याक्ट ट्रेसिङको काम थप जटिल बन्दै गएको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिए ।

स्वास्थ्य कार्यालयका अनुसार स्वाब सङ्कलन गराउने व्यक्ति सम्भावित सङ्क्रमित हुनसक्छ । स्वाब सङ्कलन गराएपछि सम्भावित सङ्क्रमित रिपोर्ट नआएम्म होम आइसोलेसनमा अनिवार्य रूपमा बस्नुपर्ने हुन्छ ।

अनिवार्यरूपमा होम आइसोलेसनमा नबस्ने र रिपोर्ट आउने समयसम्म सङ्क्रमित व्यक्तिको हिँडडुलकै कारण अन्य व्यक्तिलाई पनि सङ्क्रमण फैलिसकेकाले कन्ट्याक्ट ट्रेसिङको काम थप जटिल बन्दै गएको स्वास्थ्य कार्यालयले जनाएको छ । यसरी स्वाब सङ्कलन गराएका सबै व्यक्ति अनिवार्यरूपमा होम आइसोलेसनमा नबसेको पाइएपछि स्वाब सङ्कलन गराउने सबै व्यक्तिको नामावली सङ्कलन गरी अनिवार्यरूपमा निगरानी गर्ने तयारी गरिएको छ ।

जिल्लास्तरीय कोरोना नियन्त्रण समितिका अनुसार अब सबै स्थानीय तहले आआफ्नो स्थानीय तहमा स्वाब सङ्कलन गराएका सबै व्यक्तिको नामावली अनिवार्यरूपमा समितिमा पठाउनुपर्ने हुन्छ । समितिले आवश्यकतानुसार सो नामावली सार्वजनिक गर्ने र सम्बन्धित स्थानीय तहमार्फत स्वाब सङ्कलन गराएका व्यक्तिहरुलाई अनिवार्यरूपमा होम आइसोलेसनमा बसाउन निगरानी गर्ने तयारी गरिएको स्वास्थ्य कार्यालयका प्रमुख ढकालले जानकारी दिए ।

जिल्लामा चार स्वास्थ्यकर्मी, विभिन्न कार्यालयमा कार्यरत छ कर्मचारी, एक जना गाउँपालिका अध्यक्षसहित हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १७८ पुगेको छ । रासस

प्रकाशित मिति : ८ भदौ २०७७, सोमबार  ११ : २९ बजे

चिकित्सकमाथि आक्रमणको विरोधमा देशभर ओपीडी सेवा ठप्प, बिरामी मर्कामा

काठमाडौं। नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकमाथि भएको आक्रमणको विरोधस्वरूप मंगलबार

सुनसरी घटनापछि विराटनगरका केही विद्यालय आज बन्द

काठमाडौं । सुनसरीको देवानगञ्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न हुन सक्ने

सर्पदंशको बढ्दो सन्त्रास

काठमाडौं । अहिले मनसुनको समय । किसानहरुको अधिकांश समय खेतबारीमै

नेप्सेको प्रमुख कार्यकारी अधिकृतका लागि खुला आवेदन आह्वान

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख

पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध, खुलाउने प्रयास जारी

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको मुग्लिन नजिकै पहिरो खस्दा यातायात आवागमन