१२ श्रावण २०८१, शनिबार | July 27, 2024

पहिलो पटक कोरोना संक्रमणबाट नेपालमा पत्रकारको मृत्यु, मृत्युपछि कोरोना पुष्टि



कपिलवस्तु । नेपालमा पहिलो पटक कोरोना भाइरसको संक्रमणबाट पत्रकारको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट कपिलवस्तु नगरपालिका १ तौलिहवा निवासी ६२ वर्षीय बनारसी बर्माको सोमबार मृत्यु भएको हो ।

मिर्गौलाको समस्या, सुगर र उच्च रक्तचापबाट पीडित पत्रकारको मृत्युपछि कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिए ।

मृत्युपछि उनको स्वाब संकलन गरेर लुम्बिनी प्रादेशिक अस्पतालको प्रयोगशालामा पठाइएको र बेलुकी रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

दीर्घ रोगबाट पीडित पत्रकारको बिहान निवासमै श्वास प्रश्वासमा समस्या आएपछि अस्पताल पु¥याएका थिए । परिवारले सामान्य रुघाखोकी जस्तै लक्षण देखिएको र स्वास प्रश्वासमा समस्या देखिएपछि अस्पताल लगेका वर्माको अस्पतालले मृत्यु भएको पुष्टी गरेको थियो ।

उनले केही समयदेखि भैरहवा युनिभर्सल मेडिकल कलेजमा किड्नीको डायलाइसिस गर्दै आएका थिए । मृतक पत्रकारका छोरालाई १४ दिन अघि कोरोना संक्रमण भएको थियो । उनी आइसोलेसनमा छन् । संक्रमण कहाँबाट कसरी फैलियो भन्ने यकिन भएको छैन् ।

बर्मा नेपाल टेलिभिजनमा कपिलवस्तुबाट लामो समयसम्म काम गरेका थिए भने नेपाल पत्रकार महासंघ कपिलवस्तुका पूर्व उपाध्यक्ष समेत रहेका थिए ।

प्रकाशित मिति : २३ भदौ २०७७, मंगलबार  ७ : १० बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्