११ श्रावण २०८३, सोमबार | July 27, 2026

पहिलो पटक कोरोना संक्रमणबाट नेपालमा पत्रकारको मृत्यु, मृत्युपछि कोरोना पुष्टि



कपिलवस्तु । नेपालमा पहिलो पटक कोरोना भाइरसको संक्रमणबाट पत्रकारको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट कपिलवस्तु नगरपालिका १ तौलिहवा निवासी ६२ वर्षीय बनारसी बर्माको सोमबार मृत्यु भएको हो ।

मिर्गौलाको समस्या, सुगर र उच्च रक्तचापबाट पीडित पत्रकारको मृत्युपछि कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिए ।

मृत्युपछि उनको स्वाब संकलन गरेर लुम्बिनी प्रादेशिक अस्पतालको प्रयोगशालामा पठाइएको र बेलुकी रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

दीर्घ रोगबाट पीडित पत्रकारको बिहान निवासमै श्वास प्रश्वासमा समस्या आएपछि अस्पताल पु¥याएका थिए । परिवारले सामान्य रुघाखोकी जस्तै लक्षण देखिएको र स्वास प्रश्वासमा समस्या देखिएपछि अस्पताल लगेका वर्माको अस्पतालले मृत्यु भएको पुष्टी गरेको थियो ।

उनले केही समयदेखि भैरहवा युनिभर्सल मेडिकल कलेजमा किड्नीको डायलाइसिस गर्दै आएका थिए । मृतक पत्रकारका छोरालाई १४ दिन अघि कोरोना संक्रमण भएको थियो । उनी आइसोलेसनमा छन् । संक्रमण कहाँबाट कसरी फैलियो भन्ने यकिन भएको छैन् ।

बर्मा नेपाल टेलिभिजनमा कपिलवस्तुबाट लामो समयसम्म काम गरेका थिए भने नेपाल पत्रकार महासंघ कपिलवस्तुका पूर्व उपाध्यक्ष समेत रहेका थिए ।

प्रकाशित मिति : २३ भदौ २०७७, मंगलबार  ७ : १० बजे

सुनसरी तनावग्रस्त : झडप नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा एकको मृत्यु, २२ जना घाईते

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्ज बजारमा साउने सोमबारको बोलबम

आजको मौसम : धेरै स्थानमा वर्षा, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न स्थानमा आज पनि वर्षाको सम्भावना रहेकाले

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा