२६ बैशाख २०८१, बुधबार | May 9, 2024

जोखिम बढ्दै गएपछि बारबर्दिया नगरपालिकामा १४ गते सम्म लकडाउन



बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिकाले असोज ९ गते राती देखि १४ गते राती सम्म लकडाउनको घोषणा गरेको छ । कोरोना संक्रमणको दर बढ्दै गएपछि नगरपालिकाले लकडाउनको घोषणा गरेको हो ।

बारबर्दिया नगरपालिकाको कोभिड संकट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले लकडाउन गर्ने निर्णय गरेको हो ।

लकडाउन अवधिभरी सरकारी तथा गैरसरकारी कार्यालय, पसल व्यवसाय, बैंक तथा वित्तिय संस्था, शैक्षिक संस्थाहरु र यातायात लगायतका क्षेत्र पुर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । अत्यावश्यक सेवा प्रवाह गर्ने दैनिक उपभोग्य पसलहरु, दुध हरीयो तरकारी पानी फलफुल र ग्याँस लगाएतका पसलहरु हरेक दिन विहान ७ बजे देखि ९ बजे सम्म खुल्ला गर्ने समेत निर्णय गरेको छ ।

लकडाउनलाई प्रभावकारी बनाउनका लागि नगरपालिकाले वडाध्यक्ष र वडाघरहरुलाई समेत जानकारी गराई प्रचार प्रसार गर्ने बारबर्दिया नगरपालिकाका मेयर दुर्गा बहादुर थारुले बताए । उनले कोरोनाको जोखिम बढेको कारणले नै पुनः लकडाउन गरीएको बताए ।

त्यसैगरी नगरपालिकाले लक्षण नदेखिएका कोरोना संक्रमितहरु श्री अंशुवर्मा मावि जयनगरमा राख्ने, भारत लगायत तेस्रो मुलुकबाट आउनेलाई नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड प्रयोग गरी होम क्वारेन्टाईनमा बस्न लगाउने लगायतका निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बर्दियाले बारबर्दिया नगरपालिकामा असोज १० गते विहान ५ बजे देखि असोज १४ गते मध्यरात सम्म निषेधाज्ञा जारी गरेको छ । नगर स्तरी कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बारबर्दियाको अनुरोधमा निषेधाज्ञा जारी गरीको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताए ।

बारबर्दिया नगरपालिकामा हाल सम्म ६५ जना कोरोना संक्रमित फेला परेका छन् । उनीहरु मध्ये ३१ जना कोरोना जितेर घर फर्किएका छन् भने एक जनाको कोरोना कै कारण मृत्यु भएको बारबर्दिया नगरपालिका स्वास्थ्य शाखा प्रमुख डिल्लीराज शर्माले बताए ।

गत मंगलबार बारबर्दिया नगरपालिका वडा नं ३ का वडाध्यक्ष ३९ बर्षिय सुर्य बहादुर थारुको कोरोना संक्रमणको कारण मृत्यु भएको थियो ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  ७ : ५९ बजे

आठ दिनअघि कलङ्कीबाट हराएकी छात्रा पशुपति क्षेत्रमा भेटिइन्

काठमाडौं । आठ दिनअघि काठमाडौँको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया

यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा…..

काठमाडौं । गृह सचिव एकनारायण अर्यालले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित

राष्ट्रपतिका आर्थिक विज्ञ डा नेपालद्वारा स्पष्टोक्ति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा चिरञ्जीवी नेपालले

भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले

China’s Xi welcomed with ‘respect and love’ in Serbia

Serbia’s President Aleksandar Vucic reaffirmed his strong support for China’s