१७ माघ २०८२, शनिबार | January 31, 2026

बाँकेमा १५७ कोरोना संक्रमितले घरमै बसेर दशैं मनाउन पाउने



नेपालगन्ज । बाँकेका बिभिन्न आइसोलेसनमा बसेर उपचार गराईरहेका १५७ कोरोना संक्रमितहरुले घरमै गएर दशैं मनाउन पाउने भएका छन् । सरकारले आइसोलेसनको अवधि घटाएर १० दिन बनाए पछि उनीहरुले घरमा दशैं मनाउन पाउने भएका हुन् ।

नयाँ मापदण्ड अनुसार बाँकेबाट आज १५७ जना कोरोना संक्रमितलाई डिस्चार्ज गर्ने निर्णय गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइसोलेसन अवधिलाई संशोधन गर्दै १० दिन सम्म कुनै लक्षण नदेखिएका थप ७ दिन घरमा आइसोलेट हुने गरि डिस्चार्ज गर्ने परिपत्र गरे अनुसार डिस्चार्ज गर्ने पत्र आएपछि आईतबार १५७ जनालाई घर पठाउन लागिएको जिल्ला कोरोना बिपद व्यवस्थापन केन्द्रका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले बताए ।

यस अघि १४ दिन संक्रमितहरु आइसोलेसन बस्नु पर्ने र थप ७ दिन घरमा क्यारेन्टिन बस्नु पर्ने व्यवस्था रहेको थियो । बाँकेमा आज गरिएको डिस्चार्ज अहिले सम्मकै बढी हो ।

बाँकेमा आज सम्ममा २५१४ जना कोरोना मुक्त भएर घर फर्केका छन् भने ३० जनाको उपचारका क्रममा मृत्यु भईसकेको छ । आज डिस्चार्ज भएसँगै बाँके कोरोनाको अति जोखिम जिल्लाबाट मुक्त भएको छ । सरकारले ५०० बढी सक्रिय संक्रमित रहेको जिल्लालाई अति जोखिममा राखेपनि बाँकेमा आजबाट ४३३ जनामात्र आईसोलेसनमा बाँकी रहेकाले जिल्ला जोखिम मुक्त जिल्ला बनेको हो ।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ७ : ५२ बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक