२ पुस २०८२, बुधबार | December 17, 2025

विश्वभर पछिल्लो २४ घण्टामा ७ लाख २४ हजारभन्दा बढी कोरोना संक्रमित थपिए



काठमाडौं। पछिल्लो २४ घण्टामा विश्वभर सात लाख २४ हजार ८५३ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन । सोही अवधिमा १४ हजार २५० जनाको मृत्यु भएको छ ।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या नौ करोड ४२ लाख ४५ हजार ४१८ र मृत्यु हुनेको संख्या २० लाख १६ हजार ६८ पुगेको छ ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी दुई लाख २३ हजार ९१४ जना रहेका छन । सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण तीन हजार ४१४ जनाको मृत्यु भएको छ ।

भारतमा पछिल्लो २४ घण्टाभित्र १३ हजार ५६० जना नयाँ संक्रमित थपिएका छन । त्यहाँ थप १४० जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र बेलायतमा ५५ हजार ७६१, इटलीमा १६ हजार १४६, ब्राजिलमा ६८ हजार १३८, जर्मनीमा १९ हजार ७६८, रसियामा २४ हजार ७१५, दक्षिण अफ्रिकामा १४ हजार ८८०, फ्रान्समा २१ हजार २७१, कोलम्बियामा २१ हजार ७८ तथा इरानमा ६ हजार ४४८ जना नयाँ संक्रमित थपिएका छन ।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  ६ : ४१ बजे

बढ्यो अमेरिकी डलरको मूल्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ : राष्ट्र बैंक

काठमाडौं । पछिल्ला दिनमा भएका बैंक तथा वित्तीय संस्था लक्षित

विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै प्रकाशन हुने

काठमाडौं । विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै

राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने

काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग

हिजो स्थगित भएको एमाले ११ औँ महाधिवेशनको मतदान आज बिहान ८ बजेदेखि सुरु हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ