४ चैत्र २०८२, बुधबार | March 18, 2026

विश्वभर पछिल्लो २४ घण्टामा ७ लाख २४ हजारभन्दा बढी कोरोना संक्रमित थपिए



काठमाडौं। पछिल्लो २४ घण्टामा विश्वभर सात लाख २४ हजार ८५३ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन । सोही अवधिमा १४ हजार २५० जनाको मृत्यु भएको छ ।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या नौ करोड ४२ लाख ४५ हजार ४१८ र मृत्यु हुनेको संख्या २० लाख १६ हजार ६८ पुगेको छ ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी दुई लाख २३ हजार ९१४ जना रहेका छन । सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण तीन हजार ४१४ जनाको मृत्यु भएको छ ।

भारतमा पछिल्लो २४ घण्टाभित्र १३ हजार ५६० जना नयाँ संक्रमित थपिएका छन । त्यहाँ थप १४० जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र बेलायतमा ५५ हजार ७६१, इटलीमा १६ हजार १४६, ब्राजिलमा ६८ हजार १३८, जर्मनीमा १९ हजार ७६८, रसियामा २४ हजार ७१५, दक्षिण अफ्रिकामा १४ हजार ८८०, फ्रान्समा २१ हजार २७१, कोलम्बियामा २१ हजार ७८ तथा इरानमा ६ हजार ४४८ जना नयाँ संक्रमित थपिएका छन ।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  ६ : ४१ बजे

नौ करोड दुई लाखमा बन्यो फलेवास नगरपालिकाको भवन

पर्वत । सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत

इरान युद्धबारे असहमति जनाउँदै ट्रम्प प्रशासनका अधिकारी जो केन्टले दिए राजीनामा

काठमाडौं । जो केन्ट ले इरान युद्धसम्बन्धी नीति र प्रक्रियाप्रति

योग अभ्याससँगै सुरु भयो रास्वपाको दोस्रो दिनको प्रशिक्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदहरूका

रास्वपाको अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नव निर्वाचित सांसदहरूका

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत