७ पुस २०८२, सोमबार | December 22, 2025

साँझ ७ बजे पुनः बस्ने गरी एमाले कार्यदलको बैठक स्थगित



काठमाडौं । एमाले विवाद मिलाउ गठित कार्यदलको आजको बैठक साँझ ७ बजे पुनः बस्ने गरि स्थगित भएको छ । आन्तरिक गृहकार्य गर्नका लागि भन्दै नेकपा एमालेको कार्यदलको बैठक स्थगित भएको हो ।

कार्यदलको बैठकमा भएको सहमतिलाई अन्तिम रुप दिनका लागि आन्तरिक गृहकार्य गर्न बैठक केहि समयका लागि स्थगित गरिएको कार्यदलका एक सदस्यले बताए । बैठक स्थगित भएलगत्तै ओली पक्षर नेपाल पक्षका कार्यदलका सदस्यहरु छुट्टाछट्टै आन्तरिक छलफलमा जुटेका छन् ।

बुधबारको बैठकले आज ११ बजेका लागि बैठक तय गरेपनि नेपाल पक्षका कार्यदलका संयोजक वरिष्ठ नेता माधव नेपालसँगको परामर्शमा व्यस्त भएपछि १२ बजे मात्र बैठक शुरु भएको थियो । आजै बिहान कार्यदलका सदस्य एवं अर्थमन्त्री विष्णु पौडेल र उपाध्यक्ष रावलकाबीच झण्डै २ घण्टा सम्बाद भएको थियो ।

​बुधबार साँझ अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच सहमति हुन नसकेपनि कार्यदलले छलफललाई निरन्तरता दिएको छ ।

प्रकाशित मिति : २४ असार २०७८, बिहिबार  २ : २७ बजे

७०औँ बार स्थापना दिवस मनाइयो

काठमाडौं । नेपाल बार एशोसिएशनले आज ७०औँ स्थापना दिवस मनाएको

मधेश प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामअशीष यादवले आज पदभार

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र