२५ चैत्र २०८२, बुधबार | April 8, 2026

कोरोना अपडेट : मृत्यु संख्या केही दिनयताकै उच्च, ५५ जना संक्रमितको मृत्यु,; २५४८ जनामा संक्रमण पुष्टि



काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या केही घटेको देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार २ हजार ५४८ जनामा संक्रमण पुष्टि भएको छ । तर यसअवधिमा परीक्षण संख्या घट्दा संक्रमितको संखया पनि घटेको देखिएको हो ।

मन्त्रालयका अनुसार १२ हजार ३७८ जनामा मात्र परीक्षण भएको छ । जसमध्ये ९ हजार ३३ जनाले पीसीआर परीक्षण गराएकोमा २ हजार १३७ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, ३ हजार ३४५ एन्टिजेन परीक्षण गर्दा ४११ जनामा संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा २०२९ जना संक्रमणमुक्त भएका छन् । यसैअवधिमा मृत्यु हुनेको संख्या भने विगत केही दिन यताकै सबैभन्दा उच्च रहेको छ । मन्त्रालयका अनुसार ५५ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ९३ पुगेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ४ : ११ बजे

प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा

पश्चिम नेपालबाट वर्षा सुरु

काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण

निजी विद्यालयमा मापदण्ड विपरीतको शुल्क फिर्ता नभए गृह प्रशासनबाट कारबाही हुने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्ड विपरीत शुल्क

स्थापना दिवसमा मानवसेवा आश्रममा आश्रितहरुसँग पौवाको एक छाक खाना

नेपालगन्ज । होटल पौवाले मानवसेवा आश्रममा आश्रय लिइरहेका आश्रितहरुलाई खाना

विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। विक्रम तिमिल्सिनासँग नेपालका