१२ पुस २०८२, शनिबार | December 27, 2025

राप्रपाको महाधिवेशन आजदेखि सुरु, अध्यक्षमा थापा र लिङ्देन भिड्दै



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन आज काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदै छ ।

महाधिवेशनको बिहान ११ बजे उद्घाटन गर्ने तयारी छ । महाधिवेशन प्रचारप्रसार समितिका संयोजक मोहन श्रेष्ठका अनुसार महाधिवेशनमा झण्डै ४ हजार ४ सय प्रतिनिधि सहभागी हुनेछन् ।

महाधिवेशनले १४७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । आगामी अध्यक्षका लागि वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्रप्रसाद लिङ्देन भिड्दैछन् । थापालाई लोकेन्द्रबहादुर चन्द, दीपक बोहरा लगायतको साथ छ भने लिङदेनलाई डाक्टर प्रकाशचन्द्र लोहनी, धवलशम्शेर राणा लगायतको साथ छ ।

तीन पटक अध्यक्ष भएका कमल थापालाई पुराना पुस्ताको साथ रहँदा लिङ्देन युवा पुस्तामा लोकप्रिय छन् । अध्यक्षत्रयमध्ये पशुपति शमसेर राणाले पनि निर्वाचन नलड्ने बताइसकेका छन् ।

संघीयता खारेजी, हिन्दु राज्य र राजतन्त्रको पक्षमा उभिँदै राप्रपाका दुई अध्यक्ष यहि एजेण्डा बोकेर अधिवेशनमा होमिएको छ । महाधिवेशन पर्सिसम्म चल्नेछ ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ७ : ४६ बजे

नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी

जनकपुरधाम । नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी रहेका मधेस

बसन्तको बखानमाथि बुटवलमा छलफल

बुटवल । बसन्त पराजुलीद्वारा लिखित बखानसिंह गुरुङको जीवनीमा आधारित आख्यान

निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता

काठमाडौं । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताले आसन्न प्रतिनिधिसभा

प्रतिनिधिसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक, १ करोड ८९ लाखभन्दा बढी मतदाता

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका