२२ श्रावण २०८३, शुक्रबार | August 8, 2026

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका १३५ जना नयाँ संक्रमित, एक जनाको मृत्यु



काठमाडौं । पछिल्लो चौबिस घण्टामा देशभर कोरोना भाइरसको १३५ जना नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा एक जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४१ जनाको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा संक्रमण पाइएको हो ।

बितेको चौबिस घण्टामा १ हजार ४७३ जनाको पीसीआर र १ हजार ५६८ जनाको एन्टीजेन विधिबाट कोरोना परिक्षण गरिएको थियो ।

मन्त्रालयका अनुसार सोही अवधिमा ५९ जना संक्रमित निको भएका छन् ।

हाल देशमा सक्रिय कोरोना भाइरस संक्रमितको संख्या १ हजार ४३९ जना रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको तथ्याङ्क अनुसार हालसम्म नेपालमा ११ लाख २२ हजार ३३६ जनामा कोरोना संक्रमण भइसकेको छ । संक्रमितमध्ये ९८.६ प्रतिशत निको भइसकेका छन् । कोरोना भाइरस संक्रमणका कारण हालसम्म नेपालमा ११ हजार ९५३ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ४ : १५ बजे

प्रधानमन्त्री शाहले मध्यराती गरे आफु एक्लो परेको संकेत

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (वालेन)ले आफु एक्लो परेको संकेत

होटलमा लगानी विस्तार गर्न मुख्यमन्त्री आचार्यको आग्रह

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटकीय गन्तव्यमा पर्यटकको

‘ब्रोड पिक’ मा ज्यान गुमाएका आरोहीको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । पाकिस्तानको ‘ब्रोड पिक’ हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेर

सुर्खेतमा स्कुटर पछाडि सवार युवाको मृत्यु

सुर्खेत । नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको स्कुटर पछाडि सवार एक

आयोगद्वारा एलपी ग्यास आपूर्तिलाई सहज बनाउन निर्देशन

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले एलपी ग्यास वितरण प्रक्रियामा पारदर्शिता,