२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

कोरोना संक्रमित थपिने क्रम झन बढ्दै, एकैदिन ७१० जनामा संक्रमण पुष्टि



काठमाडौं । कोरोना भाइरसको चौंथो लहर फैलिने क्रम दिनदिनै बढ्दै गएको छ । पछिल्लो २४ घण्टाको बीचमा ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभरका परीक्षण केन्द्रमा ५ हजार २५ नमुना परीक्षण गर्दा ७१० जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २५ सय ४१ जनाको पिसीआर र २४ सय ८४ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।

नेपालमा अहिले ४२ सय ३६ जना संक्रिय कोरोना संक्रमित रहेका छन् । यस्तै, दुई सय १५ जना पछिल्लो एक दिनमा संक्रमणमुक्त भएका छन् ।

२४ घण्टाको बीचमा थप दुई जनाको कोरना संक्रमणबाट मृत्यु भएको छ । यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९६२ पुगेको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहिबार  ४ : ३२ बजे

थाइल्यान्डको स्कूलमा गोली हानाहान, चार जनाको मृत्यु, १५ घाइते

बैङ्कक । थाइल्यान्डको राजधानी बैङ्ककको उत्तरी क्षेत्रमा अवस्थित एक स्कूलमा

परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक

कोइराला निवासका लागि छुट्याइएको २ करोड बजेट शेखरद्वारा अस्वीकार

काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले विराटनगरस्थित ऐतिहासिक कोइराला निवासको

राष्ट्र बैंकले ६० अर्बको एकमहिने निक्षेप सङ्कलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु ६० अर्ब बराबरको एकमहिने

२५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ताले जिते १० लाख रुपैयाँ

काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो घोषणा कार्यक्रम सुरु