१८ असार २०८३, बिहिबार | July 3, 2026

कुख्यात हत्यारा जेलमुक्त हुँदा प्रहरीको स-सम्मान बिदाइ, नेपाली बलात्कार आरोपितलाई एयरपोर्टमै हतकडी



काठमाडौं ।  जीवनको झण्डै आधा समय जेलभित्र बिताएका सिरियल किलर फ्रान्सेली नागरिक चार्ल्स शोभराज १९ वर्षपछि जेलमुक्त हुँदा प्रहरीले ससम्मान बिदाइ गरेको छ । शोभराजले मिडियालाई आफ्नो तस्बिर खिच्न नदिन गरेको आग्रह स्वीकार्दै प्रहरीले उनलाई लुकाएरै अध्यागमन विभाग पुर्‍याएको छ ।

यद्यपि नेपाल प्रहरीको आग्रह मान्ने ‘स्टाइल’ बडो गज्जबको छ । यसरी नै यसअघि चर्चित क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको उजुरी परेको थियो । त्यतिबेला विदेशमा रहेका लामिछानेले नेपाल फर्किनुअघि सामाजिक सञ्जालमार्फत अपिल गर्दै आफू प्रहरीसमक्ष आत्मसमर्पण गर्न तयार रहेको तर हतकडी नलगाउन आग्रह गरेका थिए ।

तर, सो अपिल प्रहरी सिधै खारेज गर्‍यो र भन्यो कानुन सबैका लागि बराबर हुन्छ । हतकडी नगाउन गरेको सन्दीपको अपिलमा आफू मिडियामा हतकडीसहित मिडियामा नपरूँ भन्ने नै थियो । यद्यपि प्रहरीले आरोपितलाई कुख्यात अपराधी सरह हतकडीसहित फिल्मी शैलीमा मिडियामा देखाउँदै हिरासतमा गरेको थियो ।

यहाँनिर कुरा सन्दीप र चार्ल्सको भन्दा पनि प्रहरीले गर्ने गरेको पक्षपातपूर्ण व्यवहार उजागर भएको छ । कुख्यात हत्यारा चाल्र्सलाई मिडियाबाट जोगाएर विदेश पठाउन सक्ने प्रहरीले बलात्कार आरोपित रहेका लामिछानेलाई समेत कसुर साबित नहुँदा सम्म मिडियाबाचट जोगाउन भने चाहेन । ।

बिकिनी किलर, सिरीअल किलर र द सर्पेन्ट आदि विभिन्न उपनामले चिनिने फ्रान्सेली नागरिक शोभराजलाई सर्वोच्चले बुधबार जेलमुक्त गरेर १५ दिनभित्र स्वदेश पठाउन आदेश दिएको थियो ।

कुख्यात हत्याराका रूपमा परिचित शोभराजले विक्रम संवत् २०३२ मा अमेरिकी नागरिक कोन्निजो ब्रोन्जिजलाई काठमाडौंको मनहरामा मारेको दुई दिनमै क्यानेडियन नागरिक लरेन्ट अरमान क्यारिअरेलाई भक्तपुरको साँगामा हत्या गरेका थिए । शोभराजविरुद्ध भारत, थाइल्यान्ड, टर्की, इरान लगायतका मुलुकमा गरी झन्डै २० जनाभन्दा बढीको हत्यामा संलग्न भएको आरोप छ।

शोभराजले ४० वर्ष अर्थात् आफ्नो जीवनको करिब समय जेलमा बिताएका छन्। नेपाल आउनुअघि सन् १९९७ सम्म उनी भारतमा २१ वर्ष कारागारमा बसेका थिए। तर जेलमा १० वर्ष बसेपछि उनी १९८६ मा दिल्लीस्थित तिहाड जेलबाट भागेका थिए।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ५ : १६ बजे

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक्का

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको निर्वाध बिक्रीवितरणमा व्यवधान गर्ने पेट्रोलपम्पलाई

रसुवागढी नाकाको मितेरी पुलबाट आजदेखि सवारी सञ्चालन

रसुवा । बेलीब्रिज परीक्षणका लागि यही असार १५ गतेदेखि रोकिएका

अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दुई प्रतिशते घट्यो

काठमाडौँ । यातायात व्यवस्था विभागले गत असार १७ गते मध्यरातिदेखि

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

खजुरा । पत्रकार एवं समाजसेवी जयपति ढकालले सुशील कोइराला प्रखर

सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले