७ आश्विन २०८३, बुधबार | September 23, 2026

त्रिभुवन विमानस्थलभित्र उपभोक्तालाई मनोमानी मुल्यमा सामान बेचेर ठग्ने ९ पसल कारवाहीमा



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालित ९ वटा पसलहरू कारबाहीमा परेका छन् । उनीहरूलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले कारबाही गर्दै १५ लाख जरिवना तिराएको हो ।

विभागका निर्देशक होमनाथ भट्टराईले उपभोक्तासँग मनोमानी ढंगले रकम असुली गरेको भन्दै ती पसलहरूलाई कारबाही गरेको बताए ।

कारबाही पर्नेमा अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनलमा रहेका एयरपोर्ट टी कफी एण्ड कन्फेक्सनरी सप, कार्की मल्टिपल ट्रेड एण्ड सप्लायर्स, एबीपी मार्ट, ओम नवदुर्गा इन्टरप्राइजेज, न्यु कन्फेक्सनरी स्टोर, एयरपोर्ट टी कफी एण्ड कन्फेक्सनरी सप, होटल स्वनिङ (कफि एण्ड कन्फेक्सनरी), पीडी इन्टरप्राइजेज र होटल स्वनिङ रहेका छन् ।

पसलमा उपभोक्ता खुद्रा मूल्यभन्दा बढी रकम असुल गरी बस्तु बिक्री गरिरहेका व्यवसायिक फर्महरूलाई उनीहरूले गरेको कसूरको मात्रा र गाम्भिर्यता समेतका आधारमा बजार अनुगमन टोलिले जम्मा १५ लाख जरिवाना गरेको हो । उक्त फर्महरुलाई उपभोक्ता हित संरक्षण प्रतिकूल हुनेगरी कुनै पनि काम कारबाही नगर्नुरनगराउन निर्देशन दिइएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार  ९ : ३० बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज