१७ बैशाख २०८१, सोमबार | April 29, 2024

त्रिभुवन विमानस्थलभित्र उपभोक्तालाई मनोमानी मुल्यमा सामान बेचेर ठग्ने ९ पसल कारवाहीमा



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालित ९ वटा पसलहरू कारबाहीमा परेका छन् । उनीहरूलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले कारबाही गर्दै १५ लाख जरिवना तिराएको हो ।

विभागका निर्देशक होमनाथ भट्टराईले उपभोक्तासँग मनोमानी ढंगले रकम असुली गरेको भन्दै ती पसलहरूलाई कारबाही गरेको बताए ।

कारबाही पर्नेमा अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनलमा रहेका एयरपोर्ट टी कफी एण्ड कन्फेक्सनरी सप, कार्की मल्टिपल ट्रेड एण्ड सप्लायर्स, एबीपी मार्ट, ओम नवदुर्गा इन्टरप्राइजेज, न्यु कन्फेक्सनरी स्टोर, एयरपोर्ट टी कफी एण्ड कन्फेक्सनरी सप, होटल स्वनिङ (कफि एण्ड कन्फेक्सनरी), पीडी इन्टरप्राइजेज र होटल स्वनिङ रहेका छन् ।

पसलमा उपभोक्ता खुद्रा मूल्यभन्दा बढी रकम असुल गरी बस्तु बिक्री गरिरहेका व्यवसायिक फर्महरूलाई उनीहरूले गरेको कसूरको मात्रा र गाम्भिर्यता समेतका आधारमा बजार अनुगमन टोलिले जम्मा १५ लाख जरिवाना गरेको हो । उक्त फर्महरुलाई उपभोक्ता हित संरक्षण प्रतिकूल हुनेगरी कुनै पनि काम कारबाही नगर्नुरनगराउन निर्देशन दिइएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार  ९ : ३० बजे

वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई लियाे नियन्त्रणमा

वीरगन्ज । वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई नियन्त्रणमा

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धनमा गङ्गाजमुना गाउँपालिका

धादिङ । धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृतिमार्फत आन्तरिक तथा

इलाम उपनिर्वाचन : कांग्रेसभन्दा एमाले २ हजार ६१८ मतले अगाडि

काठमाडौं । इलाम-२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायम छ ।

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घरमा आइतबार उच्च गतिको विद्युत्

डोटीमा एक पुरुषको शव फेला

डोटी । डोटीमा एक पुरुषको शव फेला परेको छ ।