१६ माघ २०८२, शुक्रबार | January 31, 2026

तिलोत्तमामा अवस्थित नमस्ते एकेडेमीको वार्षिकोत्सव सम्पन्न



बुटवल । रुपन्देहीको तिलोत्तमामा अवस्थित नमस्ते एकेडेमीमा विद्यार्थीका विभिन्न प्रतिभाहरुसहित शुक्रबार वार्षिकोत्सव सम्पन्न भएको छ । ब्रिटिज कलेज काठमाडौंको व्यवस्थापनमा संचालित एकेडेमीले वर्षभरीका विभिन्न शैक्षिक क्रियाकलापहरुमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ ।

कार्यक्रमको अवसरमा बोल्दै द ब्रिटिज कलेज काठमाडौंका उप प्राचार्य डा. प्रतिक एमसी क्रुडेनले अबको शिक्षा सैद्धान्तिकभन्दा बढी प्रयोगात्मक र विद्यार्थीलाई आत्मनिर्भर बनाउने खालको हुनु पर्नेमा जोड दिए । सोही उद्देश्य अनुसार व्रिटिज कलेजले विश्व बजारमा पुग्न सक्ने र बिक्न सक्नेगरी विद्यार्थीलाई शिक्षा प्रदान गर्दै आएको बताए । नमस्ते एकेडेमीका अध्यक्ष डिल्लीनारायण पाण्डेयले अबको शिक्षा व्यवहारिक र शिष्टाचारसहितको हुनु पर्नेमा जोड दिए । दैनिक जीवनमा आइपर्ने व्यवहारिक ज्ञान तथा विद्यार्थीको अन्तरनिहित क्षमतालाई बाहिर ल्याउने गरि नमस्ते एकेडेमीले शैक्षिक कार्यक्रम सञ्चालन गरेको उनले दाबी गरे ।

विश्वविख्यात क्याब्रिज विश्व विद्यालयको स्कुल पाठ्यक्रम संचालन गरिरहेको एकेडेमी मोफसलमै अन्तर्राष्ट्रिय स्तरको शैक्षिक गुणस्तर र सुविधा दिने लक्ष्यका साथ स्थापित पहिलो संस्था रहेको प्राचार्य जिग्मे शेर्पाले जानकारी दिए । एकेडेमीले विश्वको प्रतिष्ठित वेस्टन इन्टरनेश्नल स्कुल क्याम्पस चाइनासँग साझेदारी गरी चाइना, जापान, सिंगापुर, क्यानडामा विद्यार्थी आदान प्रदान तथा अनुभव आदानप्रदान गर्दै आएको स्कुल हेड अरुण कुमार कँडेलले बताए ।

यसै वर्ष नमस्ते एकेडेमीका विद्यार्थी मलेसिया तथा श्रीलंका पुगेर कराँतेमा नेपालको नाम उचो बनाउन सफल भएको सहायक प्राचार्य लिलामणि पाण्डेले बताए ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ६ : १७ बजे

मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या

अर्घाखाँचीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

अर्घाखाँची । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकखण्डअन्तर्गत अर्घाखाँचीको सन्धिखर्क नौटारीमा टिपरको ठक्करबाट एक

चौथो न्यू होराइजन कप छात्र भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

बुटवल । न्यू होराइजन इङ्लिस सेकेण्डरी स्कूलअन्तर्गतको न्यू होराइजन स्पोर्ट्स

जबरजस्ती करणी गरेको अभियोगमा खजुराका एक युवक पक्राउ

नेपालगन्ज । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके

बाँके-३ का उम्मेदवार सुनारलाई रास्वपाबाट आफ्ना अभिव्यक्तिमा मर्यादा कायम राख्न निर्देशन

काठमाडौँ । बाँके क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी