८ पुस २०८२, मंगलबार | December 23, 2025

जग्गा उपहार प्रकरणमा बिरोध गर्ने तीन एमाले नेतालाई स्पष्टीकरण



काठमाडौं । मीनबहादुर गुरुङबाट एमालेले स्वीकार गरको जग्गा उपहार प्रकरणमा सार्वजनिक अभिव्यक्ति दिएको भन्दै नेकपा एमालेले आफ्ना तीन नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले पूर्व उपाध्यक्ष भीम राव सहित तीन नेताहरुलाई कारवाही स्वरुप स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । स्पष्टीकरणमा पर्नेहरुमा स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिना समेत रहेका छन् ।

केन्द्रीय कार्यालय भवन निर्माणबारे पार्टीले गरेको निर्णय विपरीत सार्वजनिक अभिव्यक्ति दिएकाले पाण्डे र तिमिल्सिनासँग स्पष्टीकरण सोध्ने निर्णय भएको र लगातार पार्टी निर्णय विरुद्ध अभिब्यक्ति दिएको अभियोगमा नेता रावललाई स्पष्टीकरण सोध्ने निर्णय भएको बैठकमा सहभागी एक नेताले बताए ।

गत २४ असोजमा बसेको एमाले सचिवालय बैठकले व्यावासायी मीनबहादुर गुरुङबाट १० रोपनी १४ आना जग्गा सहित एक अर्ब बराबरको केन्द्रीय कार्यालय भवन दानमा लिने निर्णय गरेको थियो ।

उक्त निर्णयप्रति पाण्डे र तिमिल्सिनाले सार्वजनिक रुपमै असन्तुष्टि जनाएका थिए । रावलले पनि एक टेलिभिजन अन्तर्वार्तामा सो प्रकरण गलत भएको बताएका थिए । पूर्व उपाध्यक्ष समेत रहेका रावललाई जग्गा दान प्रकरण सहित पार्टीको निर्णयप्रति लामो समयदेखि फरक मत राख्दै आएकाले स्पष्टीकरण सोध्ने निर्णय गरेको बताईएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ७ : ४१ बजे

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ ।

अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

चन्द्रपुर । विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर

निर्वाचन ७२ दिन बाँकी : यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

काठमाडौं । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको