४ पुस २०८२, शुक्रबार | December 20, 2025

चाडपर्वले सामाजिक एकतालाई अझ मजबुत बनाएको छ : देउवा



काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्वले सामाजिक एकतालाई अझ मजबुत बनाएको उल्लेख गरेका छन् ।

तिहार तथा नेपाल संवत्को ११४५ का अवसरमा सबै नेपालीमा सुख, शान्ति, सुस्वास्थ, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै सभापति देउवाले चाडपर्वले सुमधुर र सौहार्दपूर्ण सम्बन्ध विकास गर्न सघाएको बताएका हुन्।

नेपालमा विभिन्न जातजाति, भाषाभाषी, धर्म, विभिन्न चाडपर्व एवं विभिन्न संस्कृति भएको र यसले हामीमा निहित बन्धुत्व भावको विविधताका बीचमा पनि अनुपम एकता कायम गरेको सभापति देउवाले सन्देशमा उल्लेख गरेका छन् ।

“तिहारले पनि हामीबीचको एकतालाई अझ मजबुत बनाएको छ । यमपञ्चकका हरेक दिनले समस्त नेपालीहरुमा नयाँ उमङ्ग सिर्जना गर्न, दिदीबहिनी र दाजुभाइबीच तथा आफन्तबीचमा सुमधुर र सौहार्द सम्बन्ध विकसित गर्न सघाएको छ”, उनले शुभकामना सन्देशमा भनेका छन् ।

त्यसैगरी, बागमती सभ्यतालाई नेपालको भाषा, साहित्य, कला र संस्कृतिको उत्थान काल मानिन्छ । नेपाल संवत् त्यही जागरणकालको इतिहास र संस्कृतिको एक जीवन्त धरोहर भएको सन्देशमा उनले उल्लेख गरेका छन् ।

सभापति देउवाले नेपाल संवत्को नयाँ दिनले हरेक वर्ष हामी सबैलाई यसका प्रणेता शङ्खधर साख्वाःको योगदानलाई सम्झाउने बताएका छन् । यसको प्रचलन तिनै समाजसेवी साख्वाः ले सबैको ऋण मोचन गरिदिएको अति परोपकारी कार्यको सम्झनामा भएको हो । सभापति देउवाले शङ्खधर साख्वाःलाई उनको उदारताको कदर गरेर, हामीले राष्ट्रिय विभूतिको रुपमा सम्मान गरेको उल्लेख गरेका छन् ।

सभापति देउवाले अन्धकार विनास गर्ने उज्यालोको पर्व तिहार र हाम्रो आफ्नै धरतीबाट उठेको नेपाल संवत्को नयाँ दिनले हाम्रो पारस्परिक एकता र सद्भावलाई अगाडि बढाउन सकोस् भन्ने कामना गरेका छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहिबार  १० : ०८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको