९ माघ २०८१, बुधबार | January 22, 2025

शहरी क्षेत्रमा अपेक्षाकृत मत नआएकोमा एमाले गम्भीर



काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले शहरी क्षेत्रमा अपेक्षा अनुरुप मत प्राप्त नभएको समीक्षा गरेको छ । मंगलबार बसेको पार्टीको सचिवालय बैठकले गत १६ मंसिरमा भएको उपनिर्वाचनको परिणामबारे समीक्षा गर्दै शहरी क्षेत्रमा अपेक्षा अनुरुप मत प्राप्त नभएको ठहर गरेको हो ।

सचिवालय बैठकमा उपनिर्वाचनबारे समीक्षा गर्दै निर्वाचनको परिणामलाई गम्भीरतापूर्वक लिएको पनि एमालेले जनाएको छ ।

बैठकपछि सञ्चाचरकर्मीहरुसँग कुरा गर्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले उप निर्वाचनको परिणामलाई एमालेले गम्भीरतापूवर्क लिएको बताए । उनले काठमाडौंको कीर्तिपुर नगरपालिका, वडा नम्बर १६ लगायतका शहरी क्षेत्रमा अपेक्षा गरे अनुरुप मत प्राप्त नभएको बताउँदै मत परिणामप्रति एमाले गम्भीर भएको बताए ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  ८ : २४ बजे

चिसो बढेपछि नेपालगञ्जका शैक्षिक संस्था बन्द

बाँके । चिसो बढेपछि नेपालगञ्जका सामुदायिक र संस्थागत विद्यालयमा तीन

बागलुङको जैमिनिघाटमा पर्वत जोड्ने मोटरेवल पुल निर्माण सम्पन्न

बागलुङ । कालीगण्डकी नदीमा रु १३ करोड १२ लाख ४९

टर्कीको होटलमा आगलागीमा परी ६६ जनाले गुमाए ज्यान

टर्की । टर्कीको एक होटलमा भएको आगलागीमा परी ज्यान गुमाउनेको

चिसोले महोत्तरीमा श्वासप्रश्वासका बिरामी बढे

महोत्तरी । निरन्तरको चिसोले महोत्तरीमा श्वासप्रश्वासका बिरामी बढेका छन् ।

गैँडाको आक्रमणबाट मृत्यु

चितवन । गैँडाको आक्रमणबाट भरतपुर महानगरपालिका–५ विकासचोकका ५५ वर्षीय शिवराज