७ श्रावण २०८३, बिहिबार | July 23, 2026

सबै माओवादी एकठाउँमा बसेर जनयुद्ध दिवस मनाउने नेत्रविक्रमको चाहना



महोत्तरी। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले सबै माओवादी घटकहरु एकैठाउँमा बसेर जनयुद्ध दिवस मनाउन चाहेको बताएका छन् ।

पार्टीको एक कार्यक्रममा सहभागी हुन महोत्तरी आईपुगेका महासचिव चन्दले यस्तो बताएका हुन् । उनले जनयुद्वको रक्षाको लागि माओवादी एक भएर मात्र नहुने भन्दै अझै थुप्रै काम गर्न बाँकी रहेको बताए ।

उनले नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकल दाहाल ‘प्रचन्ड’ले केन्द्रीय कमिटी बैठकमा पेश गरेको राजनीति प्रतिवेदनलाई लिएर भने असन्तुष्टि जनाएका छन् ।

दुवै अध्यक्षको प्रतिवेदन संसदीय गोलचक्करमा घुमेको वताउदै एकले अर्कोलाई आरोप लगाउने वाहेक केहीपनि नरहेको उनको विश्लेषण छ । तर माओवादी केन्द्रसँगको एकता प्रक्रियामा भने आफु नरम नै भएको बताउदै चन्दले केन्द्रीय समितिको बठकमा माओवादी केन्द्रले बनाएको कार्यदल स्वागतयोग्य भएको धारणा राखे ।

‘हामी सधैभरी तयार छौ तर माओवादी केन्द्रले नै चासो देखाएको छैन,’ महासचिव चन्दले भने, ‘नेकपाले त उहिले नै एकताको विषयमा निर्णय गरिसकेको विषय हो ।’

यो देशको समृद्धि उत्पादनबाट मात्र सम्भव भएको जिकिर गर्दै चन्दले उत्पादन र क्रान्तिलाई सँगै लैजानुपर्नेमा जोड दिए । उनले आफ्नो पार्टी अहिले उत्पादनबाट नै आत्मनिर्भर भईसकेको र दुई वर्षभित्र उत्पादनको क्रान्ति नै हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहिबार  १ : ३४ बजे

विद्युत् व्यापारमा नेपालको कीर्तिमान, निर्यातबाट २९ अर्ब आम्दानी

काठमाडौं । नेपालले आर्थिक वर्ष २०८२/८३ मा सीमापार विद्युत् व्यापारबाट

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा

काठमाडौं । सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गरिँदै आएको ब्याज अनुदानसम्बन्धी

शिक्षामन्त्री पोखरेलले एजुकेसन कन्सल्टेन्सी सञ्चालकहरुसँग छलफल गर्दै

काठमाडौं । शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन

अन्तरराष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट

पोखरा । सरकारले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्क छुट

विश्वकप लिग-२ : पहिलो जितको खोजीमा नेपाल, आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा