२९ मंसिर २०८२, सोमबार | December 15, 2025

सबै माओवादी एकठाउँमा बसेर जनयुद्ध दिवस मनाउने नेत्रविक्रमको चाहना



महोत्तरी। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले सबै माओवादी घटकहरु एकैठाउँमा बसेर जनयुद्ध दिवस मनाउन चाहेको बताएका छन् ।

पार्टीको एक कार्यक्रममा सहभागी हुन महोत्तरी आईपुगेका महासचिव चन्दले यस्तो बताएका हुन् । उनले जनयुद्वको रक्षाको लागि माओवादी एक भएर मात्र नहुने भन्दै अझै थुप्रै काम गर्न बाँकी रहेको बताए ।

उनले नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकल दाहाल ‘प्रचन्ड’ले केन्द्रीय कमिटी बैठकमा पेश गरेको राजनीति प्रतिवेदनलाई लिएर भने असन्तुष्टि जनाएका छन् ।

दुवै अध्यक्षको प्रतिवेदन संसदीय गोलचक्करमा घुमेको वताउदै एकले अर्कोलाई आरोप लगाउने वाहेक केहीपनि नरहेको उनको विश्लेषण छ । तर माओवादी केन्द्रसँगको एकता प्रक्रियामा भने आफु नरम नै भएको बताउदै चन्दले केन्द्रीय समितिको बठकमा माओवादी केन्द्रले बनाएको कार्यदल स्वागतयोग्य भएको धारणा राखे ।

‘हामी सधैभरी तयार छौ तर माओवादी केन्द्रले नै चासो देखाएको छैन,’ महासचिव चन्दले भने, ‘नेकपाले त उहिले नै एकताको विषयमा निर्णय गरिसकेको विषय हो ।’

यो देशको समृद्धि उत्पादनबाट मात्र सम्भव भएको जिकिर गर्दै चन्दले उत्पादन र क्रान्तिलाई सँगै लैजानुपर्नेमा जोड दिए । उनले आफ्नो पार्टी अहिले उत्पादनबाट नै आत्मनिर्भर भईसकेको र दुई वर्षभित्र उत्पादनको क्रान्ति नै हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहिबार  १ : ३४ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती