४ पुस २०८२, शुक्रबार | December 19, 2025

सरकार तानाशाही शैलीमा अघि बढेको छ : माधव नेपाल



सर्लाही । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकार तानाशाह शैलीमा अघि बढिरहेको आरोप लगाएका छन्।

सर्लाही सदरमुकाम मलंगवामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता नेपालले उक्त आरोप लगाएका हुन्।

गैरलोकतान्त्रिक आचरण बोकेको हातमा देश गएकाले उनीहरू तानाशाह शैलीमा अघि बढिरहेको नेपालले बताए। मुलुकको राजनीति सही दिशातर्फ जान नसकेको भन्दै नेता नेपालले सरकार असफल दिशामा गइरहेको दाबी गरे।

दुई ठूला पार्टी मिलेर संविधान संशोधनका नाममा सरकार बनाएर जनतालाई मूर्ख बनाउन काम भएको उनको भनाइ छ। जनताले सुरक्षा र रोजगारी चाहेकोमा त्यो पूरा हुन नसकेको उनको टिप्पणी छ।

विचाराधिन रहेका विधेयक पूरा नगरी अध्यादेश ल्याउनु गलत रहेको नेपाले बताए।

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  ७ : ५८ बजे

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा