१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा



काठमाडौं । दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन्।

विवादास्पद अभिव्यक्ति र कानुनविपरीतका गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका उनलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँको रोहबरमा रिहा गरिएको हो।

केन्द्रीय साइबर ब्युरोका एसपी दीपकराज अवस्थीका अनुसार अनुसन्धानका लागि तत्काल हिरासतमा राख्न आवश्यक नदेखिएपछि प्रसाईंलाई आइतबार साँझ छाडिएको हो। यद्यपि, अनुसन्धान प्रक्रिया जारी रहने र प्रहरी बोलाएको समयमा अनिवार्य उपस्थित हुनुपर्ने सर्त तोकिएको छ।

प्रसाईंलाई शुक्रबार प्रहरीले दक्षिणकालीको चाल्नाखेलबाट नियन्त्रणमा लिएको थियो। काठमाडौंबाट पर्साको वीरगञ्जतर्फ जाँदै गरेका बेला उनी पक्राउ परेका थिए।

पछिल्लो समय ‘राजसंस्था पुनर्स्थापना’ र ‘हिन्दू अधिराज्य’को एजेन्डा बोकेर देशका विभिन्न स्थानमा प्रदर्शन गर्दै आएका प्रसाईंले उत्तेजक अभिव्यक्ति दिएको र शान्ति सुरक्षामा खलल पुर्‍याएको प्रहरीको दाबी छ। १९ माघमा चितवनमा आयोजित एक कार्यक्रममा उनले “पहिला हिन्दू अधिराज्य, अनि मात्र निर्वाचन” भन्ने अभिव्यक्ति दिएका थिए। सोही कार्यक्रममा निषेधित क्षेत्र उल्लंघन गर्न खोजेपछि केही समय तनावको स्थिति सिर्जना भएको थियो।

यसअघि पनि पटक–पटक पक्राउ परेर छुट्दै आएका प्रसाईंले बैंक तथा वित्तीय संस्थाको ऋण मिनाहा हुनुपर्ने मागसहित ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान’ सञ्चालन गर्दै आएका छन्।

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  ७ : ५० बजे

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर । होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल

रास्वपा केन्द्रीय समितिको बैठक आज बस्दै, संसदीय दलको नेता छान्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक

प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष श्रेष्ठले गरे मध्यरातमै पदभार ग्रहण

काठमाडौं । प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष आदर्श श्रेष्ठले बुधबार

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

पाल्हीनन्दन । यहाँको महेशपुर भन्सार कार्यालयले छ महिनासम्म लक्ष्यअनुसार राजस्व

कांग्रेसको १५ औँ महाविधेशनको कार्यतालिका सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको