२१ असार २०८३, आइतबार | July 5, 2026

बजेट छलफलमा अर्थमन्त्री अनुपस्थित हुनु संसदीय परम्पराविपरीत : अमरेशकुमार सिंह



काठमाडौं । अमरेशकुमार सिंहले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा अर्थमन्त्री स्वर्णिम वाग्ले उपस्थित नभएको भन्दै प्रतिनिधिसभा बैठकमा आपत्ति जनाएका छन् ।

मंगलबार जारी प्रतिनिधिसभा बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सिंहले सरकारले परम्परा तोड्ने नाममा संसदीय अभ्यास कमजोर बनाउने काम गरिरहेको आरोप लगाए ।

उनले संसदीय व्यवस्थामा बजेटसम्बन्धी छलफल हुँदा अर्थमन्त्री अनिवार्य रूपमा उपस्थित हुने परम्परा रहेको उल्लेख गर्दै त्यसलाई सरकारले दृढतापूर्वक पालना गर्नुपर्ने बताए । अर्थमन्त्रीको अनुपस्थितिमा बजेट विनियोजन विधेयकमाथि छलफल सञ्चालन गर्नु संसद्को औचित्यमाथि नै प्रश्न उठाउने विषय भएको उनको भनाइ थियो ।

सांसद सिंहले “नयाँ” को नाममा सबै परम्परा भत्काउने प्रवृत्ति गलत भएको टिप्पणी गर्दै संसदीय प्रणालीको गरिमा जोगाउन सरकार जिम्मेवार हुनुपर्ने बताए । उनले आफू पाँच पटक सांसद निर्वाचित भइसकेको उल्लेख गर्दै आफ्नो संसदीय अनुभवमा अर्थमन्त्री अनुपस्थित रहेको अवस्थामा बजेटसम्बन्धी छलफल भएको पहिलो पटक देखेको बताए ।

उनले संसद् जनताका आवाज सरकारसमक्ष राख्ने थलो भएकाले संसदीय प्रक्रियालाई कमजोर बनाउने कुनै पनि कदम स्वीकार्य नहुने धारणा राखे ।

प्रकाशित मिति : ५ जेष्ठ २०८३, मंगलबार  २ : ३१ बजे

धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : पर्यटनमन्त्री पौडेल

म्याग्दी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले नेपालमा

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी

कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन

विराटनगर । गृहमन्त्री सुधन गुरुङले विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमित जग्गा

नार्कका सम्पर्कविहीन दुई कर्मचारी बर्खास्त

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मातहतको नेपाल कृषि अनुसन्धान

पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्यो

काठमाडौं । पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढेको छ