काठमाडौं । फिफा विश्वकप २०२६ मा आज ‘राउन्ड अफ १६’ को दोस्रो खेल स्विट्जरल्यान्ड र कोलम्बियाबीच हुनेछ। विश्वकपमा यी दुई देश दोस्रो पटक आमनेसामने हुनेछन्। यो खेल भ्यानकुभर रंगशालामा नेपाली समय अनुसार आज राती १ः४५ बजेबाट सुरु हुनेछ। स्विट्जरल्याण्ड र कोलम्बियाबीच हालसम्म कुल ४ वटा अन्तर्राष्ट्रिय खेलहरू खेलिएका छन्। यीमध्ये कोलम्बियाले २ खेल जितेको छ…