१४ पुस २०८२, सोमबार | December 30, 2025

काठमाडौंमा जल्यो प्रधानमन्त्री ओलीको पुत्ला

काठमाडौं । विपक्षी गठबन्धनको देशब्यापी जन परिचालन गर्ने निर्णय अनुसार गठबन्धन निकट विद्यार्थी संगठनहरुले बिहीबार काठमाडौंको भृकुटीमण्डप स्थित प्रदर्शनीमार्गमा सरकारविरुद्ध प्रदर्शन गरेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाको विद्यार्थी संगठनले प्रदर्शनीमार्गमा सरकार विरुद्ध प्रदर्शन गरेका हुन् । उनीहरुले प्रदर्शनकै क्रममा…