काठमाडौं । सर्वोच्च अदालतले ६५ वर्ष माथिका जेष्ठ नागरिकहरुलाई तत्काल दोस्रो डोज खोप लगाउने व्यवस्था गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश ईश्वर खतिवडाको इजलासले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएका जेष्ठ नागरिकहरुले दोस्रो डोज खोप तत्काल लगाउन पाउनुपर्ने भन्दै सरकारको नाममा अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चले सरकारका नाममा कारण देखाउ…