काठमाडौं । पूर्वसभामुखहरुले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको ठहर गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले आयोजना गरेको पूर्वसभामुखहरुसँगको बैठकले प्रतिनिधिसभा विघटन असंवैधानिक तरिकाले गरिएको ठहर गरेको हो । संविधानअनुसार सरकार गठनका सबै विकल्प प्रयोग नभई प्रतिनिधिसभा विघटन गरिएको उनीहरुले जिकिर गरेका छन् । बैठकपछि संचारकर्मीहरुसँग कुरा गर्दै पूर्वसभामुख रामचन्द्र पौडेलले भने, ‘यो सदनबाट नै सबै समस्या…