काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद गगन थापाले अहंकारी प्रधानमन्त्रीका कारण पटकपटक अदालत आउनुपरेको बताएका छन् । सर्वोच्च अदालतमा विपक्षी दलहरुको तर्फबाट रिट दायर गरेपछि संचारकर्मीहरुसँग कुरा गर्दै नेता थापाले अहंकारी प्रधानमन्त्रीका कारण पटक पटक अदालत धाउनुपरेको बताएका हुन् । ‘एउटा अहंकारी प्रधानमन्त्रीले संविधान उलंघन गरेकोले पटकपटक अदालत आउनुपर्यो, पटकपटक अदालत आउनु दुर्भाग्य हो’…