६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

मिटरव्याज प्रकरण सामन्तवादको अवशेष : गृहमन्त्री श्रेष्ठ

काठमाडौं। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामन्तवादको अवशेषको रुपमा समाजमा मिटरब्याज प्रकरण रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा निनियोजन विधेयकका मन्त्रालयगत शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उनले अहिले संविधान कार्यान्वयनको चरण रहेको बताए । अहिले पनि समाजमा सामन्तवादको अवशेषको रुपमा रहेको मिटरब्याज प्रकरणको समस्या समाधान गर्न सरकार अघि बढेको उनले जानकारी दिए ।